SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२६ गते
    १६२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली युवा पुस्तामा राजनीति आर्कषणको केन्द्र भएको छ । यो बीचमा गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

    आज पार्टीले केन्द्रीय समितिको बैठकबाट सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो । उनी ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्दै आइरहेकी छिन् । सिग्देल सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् ।

    उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् भने ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिइसकेको अनुभव उनमा छ ।

    सिग्देल भन्छिन्, ‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रमको प्रस्तोता नै हुने होला भन्ने हुँदोरहेछ । तर मलाई चाहिँ भित्रैदेखि राजनीतिमा लागेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ ।’ उनले अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य भएको धारणा व्यक्त गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं