SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    ११२५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा ।
    हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ ।स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय सल्लाकार समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरी मेलाको तयारी शुरु गरेको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो ।

    ५ दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता, द्वितीय हिमालय कप खुला पुरुष भलिवल, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, समुहगत तीज गीत तथा नृत्य प्रस्तुती, श्रष्टा, सहयोगी संस्था, क्रियाशिल पत्रकार महिला सम्मान,एकल महिला सहयोग वितरण लगायतका विविध सांस्कृतिक कार्यक्रम गरिने प्रचार संयोजक केशव वस्नेतले वताउनुभयो ।

    मेलाको ऐतिहासिक पक्षलाई संरक्षण गर्न तीजको पुरानो भाका हम्काईलोको समेत प्रस्तुती रहने वताईएको छ । पोखराकै पुरानो मेलाको रुपमा परिचित वाटुलेचौर तिज मेलालाई थप आर्कषक वनाउन विभिन्न उपसमितिले तयारी शुरु गरेको र विभिन्न संस्थासँग समन्वय गरिएको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने र मेलावाट करिव २५ लाख आम्दानी गर्ने अनुमान क्लवले गरेको छ । मेलावाट वचत हँुदै आएको रकम हिमालय पुस्तकालयको विस्तार सहित विभिन्न सामाजिक कार्यमा खर्च गरिने वताईएको छ ।

    आर्थिक अभावका कारण कतिपय चाडपर्वहरु लोप हुँदै गएको परिपे्रक्षमा मौलिक पर्व तीजलाई जर्गेना गर्न पनि मेलालाई निरन्तरता दिईएको संयोजक राम जि.सीले वताउनुभयो । ऐतिहासिक दृष्टिले वाटुलेचौरको तिज मेला वि.सं. १५२५ भन्दा अगाडीवाट आरम्भ भएको स्थानियको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं