SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२७ गते
    ३९० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत २ वडामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

    स्थानीय तहको सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता भन्ने नारा लिएर गाउँपालिका सवै वडाका स्थानीयसंग दोहोरो अन्तरसम्बाद गर्दैछ । अभियान अन्तर्गत जलजला गाउँपालिका वाड नं ५ लेखफाट र वाड नं ६ शालिजामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

    जलजला गाउँपालिका कार्यालय र वडा कार्यालयबाट आ.व. २०८०/८१ को २०८० चैत मसान्तसम्म भए गरेका विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य वाड नं ५ का अध्यक्ष तिलक जिसि, वडा न ६ का अध्यक्ष बल बहादुर पुर्जा पुन, प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र प्रसाद आचार्यले सेवा प्रवाह र आयोजनाहरुको विषयमा सेवाग्राहीले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले सडक, कृषि, शिक्षा र पूर्वाधारका विषयमा प्रश्नहरु सोधेका थिए । गाउँपालिकाले वडाहरुमा चालु आर्थिक बर्षमा सञ्चालन गरेका आयोजनहरुको विषयमा प्रगति प्रतिवेदन पेश गरेको थियो ।

    सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण लालटिन मिडिया प्रालिका कार्यकारी निर्देशक सुमन थापा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं