SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/३० गते
    ११२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेकपा एमाले पर्वतको दशौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

    गण्डकी प्रदेशमा जस्तै पृथ्बी सुब्बा गुरुङ्ग र खगराज अधिकारी समूह पर्वतमा पनि देखिएपछि पिएस समूहको गणेश तिमिल्सीना र खगराज समूहको पदम गिरीले नेतृत्व गरेका छन् ।

    सहमती हुने सम्भावना करिब सकिएकाले निर्वाचनबाट नै नेतृत्व टुंगो लाग्ने दुबै पक्षको भनाई छ । अध्यक्ष पदका लागि पिएस टिमबाट एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शार्मा र खगराज टिमबाट पार्टी सचिब गोबिन्द गिरी पहाडीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    पिएस टिमबाट वर्तमान अध्यक्ष राजु प्रसाद पौडेललाई अगाडी बढाउने तयारी भएपनि अन्तिम समयमा पदमपाणी शर्माको माहोल देखिपछि शर्मालाई अध्यक्षका लागि अगाडी बढाइएको हो । शर्मा अध्यक्षमा लड्दा माहोल राम्रो हुने र नतिजा आफ्नो पक्षमा पार्न सहज हुने सो समूहको ठहर छ ।

    एमाले निकट अखिलबाट राजनीतिमा प्रवेश गरेका शर्मा एमाले पर्वतको जिल्ला कमिटि सदस्यबाट हालसम्म निरन्तरछन् । उनी अहिले उपाध्यक्ष पदमा रहेका छन् । राजनीतिमा निरन्तर लागेका कारण कार्यकर्तामा लोकप्रिय रहेका शर्माले नजिता आफ्नो पक्षमा पार्नसक्ने आँकलन गरिएको छ ।

    त्यस्तै वर्तमान सचिब रहेका पहाडी गिरी समूहबाट अध्यक्ष पदका बलिया उम्मेदवार हुने ठहरका साथ अगाडी बढाएका हुन् । मन्त्री पदमा रहेको बेला आफ्नो प्रभावले पनि केही काम गर्ने भएकाले नतिजा सहज हुने उनीहरुको अनुमान रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं