SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२० गते
    ९७० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आज छैटौ दिन भएको खुल्ला महिला भलिवल प्रतियोगिताको फाइनल भिडन्त पुन ट्रेनिंग सेन्टर र कुश्मा,पर्बत बीच भएको निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा कुश्मा,पर्बतले ३-० को रोमान्चक सेटमा बिजयी हुदै उपाधि उचाल्यो ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा कुश्मा,पर्बतले पहिलो सेट २५-२३, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२३.ले जित निकाल्दै तेस्रो राष्ट्रिय मगर महोत्सव खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधि उचाल्न सफल भयो । यो जित संगै कुश्मा,पर्बतले ५५ हजार ५५५ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने दोस्रो हुने पुन ट्रेनिंग सेन्टरले ३३ हजार ३३३ रुपैयाँ नगद मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता भोली अर्थात् फागुन २१ गते बाट शुरु हुने खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं