SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१९ गते
    ४१६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । समाजसेवा युवा क्लबको वृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको महाशिवरात्रीको पावन अवसरमा पोखरा ७ मासबारको क्लब , पुष्करेश्वर शिव मन्दिर तथा परापुर्वकाल देखि नै शिव ध्वनी निमार्ण गरिदै आएको श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदान परिसरमा सरसफाई गरिएको हो । सरसाफाई कार्यक्रममा वडाको तर्फबाट पञ्जा हस्तान्तरण गर्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले समाजलाई अगाडी बढाउन सबै सघंसस्था क्रियाशिल हुनु पर्ने बताए । क्लबको नयाँ नेतृत्वले सरसफाई मार्फत सामाजिक कार्यको शुभारम्भ गरेकोमा खुसी व्यक्त गर्दै वडा मार्फत गर्नुपर्ने सबै साथ र सहयोग हुने बताए ।

    वडा सदस्य अर्जुन बहादुर थापाले सामाजिक कार्यमा सबै एकतावद्घ हुनुपर्ने बताउदै सरसफाई कार्यलाई निरन्तरता दिन आग्रह गरे ।कार्यक्रमलाई श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति, पुष्करेश्वर शिव मन्दिर व्यवस्थापन समिति, मासबार आमा समुह, महिला विकासका लागि आमा समुह, महिला क्लब पोखरा, पोखरीपाटन टोल विकास संस्था, सुगम गहन टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्था लगाएतका मासबार क्षेत्रका संघ सस्थाहरुले ऐक्यवद्घता जनाएका थिए ।

    कार्यक्रमको समापनका क्रममा सरसफाई कार्यक्रमा सहभागी सम्पुर्ण सघं सस्था तथा अग्रज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबका अध्यक्ष मधु अधिकारीले समाज सेवा युवा क्लव सबै सघंसस्था संग हातेमालो गर्र्दै युवाहरुलाई जागरुक गराउदै सामाजिक कार्यमा क्रियाशिल रहन तयार भएको बताए । कार्यक्रमको संचालन क्लबका सचिव दिपिका पराजुलीेले गरेकी थिइन । सरसफाईका क्रममा ५० बोरा प्लाष्टिक जन्य लगाएतका फोहोर संकलन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं