SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१५ गते
    ८०३ &#२३४६;&#२३३५;&#२३२५;

    अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए ।

    शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब ५६ लाख ७० हजार रुपैयाँ घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।

    अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।

    सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

    वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उहाँले बताउनुभयो । प्रारम्भिक जानकारी अनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्सेनि सुन्तला बिग्रिँदा किसान चिन्तित भएका छन् ।लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो । सिम्लेका सुन्तला किसानको शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरेको छ ।

    सुन्तला पाणिनि गाउँपालिका–१ पणेना र वडा नं २ पोखरा थोकको प्रमुख उत्पादनको स्रोत हो । पणेनामा दुई सय र वडा नं १ सिम्लेमा मात्रै करिब ४९ जना किसानले वार्षिक सुन्तला खेतीबाट घटीमा रु एक लाखदेखि बढीमा रु २८ लाखसम्म आम्दानी गर्दै आएका थिए अर्घाखाँचीमा पाँच सय हेक्टर क्षेत्रमा सुन्तलाखेती हुन्छ । पाणिनि गाउँपालिका–१ पणेना, वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं