SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२२ गते
    ९४९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सातै प्रदेशमा उम्मेदवार टुङ्ग्याएको छ । पार्टी महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् । एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उम्मेदवार बनाउने भएको छ ।

    त्यसैगरी मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा.अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी, बागमती प्रदेशमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उम्मेदवार बनाउने भएको छ ।

    एमालेले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ ।लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवार रहेका छन् ।

    त्यस्तै, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार रहेका छन् ।सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एमालेविरुद्ध सत्तारुढ दलले गठबन्धन बनाएर उम्मेदवारी दिने भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं