SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१५ गते
    ७९२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । संगै जंगलमा तरुल खोज्न गएका २ युवा मध्ये पर्वतको मोदी २ देउपुरका १ युवाको हत्या भएको छ । आइतबार दिउँसो मोदी २ देउपुर टापुको स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका दुई युवा मध्ये ४० बर्षका उदय रिजालको हत्या भएको प्रहरीले जनाएको छ । आज आइतबार तरुल निकाल्ने क्रममा विवाद हुँदा स्थानीय प्रेमबहादुर नेपालीले तरुल खन्नका लागि प्रयोग गरेको रड प्रहार गर्दा सोही स्थानका उदय रिजालको ज्यान लिएका हुन् ।

    जंगलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक अविनाश दिप जिसीले पुष्टि गरे । घटनामा घाइते भएका अर्का झण्डै ४० बर्षका श्रीराम शर्मालाई उपचारका लागि पोखरा पठाइएको जिसीले जानकारी दिएका छन् ।

    घटनामा संग्लन्न ३५ बर्षका प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक जिसीका अनुसार दिनभर जसो संगै रहेका उनीहरु मध्ये हत्याका अभियुक्त नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रिसिबीको कारण भने खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं