SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/१ गते
    ४९२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले सरकारमा गएको खण्डमा फेरि संसद् विघटन हुनसक्ने बताएका छन् । कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा गए देश बन्ने नभइ संसद् विघटन हुने खतरा बढ्ने बताएका हुन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा नगई देश नबन्ने दाबी गरेको स्मरण गराउँदै उनले एमाले सरकारमा गएर देश बन्ने नभई संसद्माथि खतरा हुने बताए ।

    तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाको सरकार नेतृत्व गरेको ओलीले दुई पटक संसद् विघटन गरेका थिए । उनको उक्त कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेको थियो । ओलीले संकल्प यात्राको क्रममा पनि वर्तमान सरकार काम कारबाहीमाथि प्रश्न उठाउँदै ०८४ सम्म कुर्न नसकिने भन्दै मध्यावधिको संकेत गरेका थिए ।महामन्त्री शर्माले अहिलेको सरकारप्रति असन्तुष्टि भएपनि एमालेलाई सरकारको नेतृत्व दिन नसकिने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं