SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/३ गते
    १३०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेको टिप्पणी गरेकी छन् । उनले प्रसाईँको उक्त कार्यलाई गलत बाटो भनेकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेदैमा बैंकको ऋणबाट उन्मुक्ति नपाउने बताएकी हुन् ।

    ‘हजार समस्याको समाधान एउटै राजतन्त्र हो भनेर राजतन्त्रको प्रेतात्मा बोकेर हिड्नु भएको छ । त्यो निसन्देह गलत बाटो हो । त्यो गलत बाटोबाट उहाँले बैंकको ऋण नतिरेर पनि सुख पाउनेवाला होईन । खाएको ऋण नतिर भन्न पाइन्छ ? यो त पब्लिकको डिपोजिट हो । यो कुरा उहाँले राजनीतिक आवरणमा गरिरहनु भएको छ,’– उनले भनिन् ।

    दुर्गा प्रसाईँ आज यसरी हिँड्नुको पछाडि राज्यका पनि कमिकमजोरी रहेको उनको भनाई छ । प्रसाईँले मेडिकल कजेल र हस्पिटल चलाउन राज्यबाट पाएको एलओआई, त्यो एलओआईको आधारमा उनले गरेको लगानीबारे राज्य गम्भीर हुन नसकेको उनको स्वीकारोक्ति छ । प्रसाईँको प्रोजेक्टमा बैंकहरुले गरेको फाइनन्सिङ, त्यसपछि नपाएको स्वीकृति र बैंकलाई ब्याज, किस्ता तिर्न पर्दाको पीडाबाट अहिलेको परिस्थिति निर्माण भएको उनले बताईन् । तर, प्रसाईँ राजनीतिक आवरणमा व्यवस्थाको विरुद्ध हिँड्नु लगत भएको उनको दाबी छ ।

    प्रसाईँले गरेको लगानीको संरक्षण राज्यले गर्न पर्छ कि पर्दैन भन्ने कुरामा विर्मश र वहस गर्न सकिने बताउँदै उनले राजनीतिक आवरणमा बैंकको ऋण तिर्न नपर्ने र राजसंस्था अन्तिम विकल्प भन्नु गलत भएको उनले बताईन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं