SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/२१ गते
    ६७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३ जनामध्ये एक सय एक जना जाजरकोटका र ५२ जना रुकुम पश्चिमका रहेको छन् । त्यसैगरी, घाईते हुने तीन सय ६४ जनामध्ये एक सय ४५ जना जाजरकोटका रहेका छन् । रुकुम पश्चिममा दुई सय जना घाईते भएका छन् भने अन्य जिल्लाहरु सल्यानमा २ जना, रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना, जुम्लामा छ जना, कालिकोटमा एक जना र प्युठानमा तीन जना घाईते भएका छन् ।

    त्यसैगरी, पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा विभिन्न जिल्लाहरुमा १७ हजार पाँच सय २९ घरहरुमा आंशिक क्षति पुगेको छ भने पूर्ण क्षति पुगेका घरहरुको संख्या १७ हजार सात सय ९२ रहेको छ । भूम्पका कारण जाजरकोटका सात हजार एक सय ६६ घरहरु आंशिक र एक हजार एक सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।

    त्यसैगरी, रुकुम पश्चिममा भूकम्पका कारण नौ हजार नौ सय घरमा आंशिक र १६ हजार पाँच सय ७० घर पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरी घरहरुको आंशिक क्षतितर्फ रुकुम पूर्व एक सय ५२, सल्यान ९७, रोल्पा ८३, नवलपरासी पूर्व एक, दैलेखमा एक ,दाङमा सात, प्युठानमा ३१ रहेको छ । पूर्ण क्षति भएका अन्य जिल्लाका घरहरुको संख्या रुकुम पूर्व दुई, सल्यान, २५, रोल्पा १७, दैलेख एक, बैतडी एक, जुम्लामा पाँच, कालिकोटमा एक रहेको छ ।

    उक्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी सात सय ४०, सशस्त्र प्रहरी तीन सय ३४ र नेपाल आर्मी दुई सय ६३ परिचान रहेका छन् । भूकम्पका कारण विभिन्न जिल्लाका १४ सरकारी कार्यालयहरुमा आंशिक क्षति पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं