SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१३ गते
    ५७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

    गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

    उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं