SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/११ गते
    ३९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटाएको पाइएको छ ।पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो ।

    गत महिना सार्वजनिक भएको कृषि गणनाको तथ्याङ्कअनुसार २०७८ मा ४ लाख ८३ हजार कृषक परिवारले कृषिका लागि ऋण लिएका छन् । जुन कुल कृषि परिवार संख्याको १२ प्रतशत हो ।२०६८ सालमा यस्तो शीर्षकमा ऋण लिन कृषकको परिवार संख्या ८ लाख ३६ हजार थियो । जुन कुल कृषक संख्याको २२ प्रतिशत थियो ।

    विवरण अनुसार किसानहरुले लिने ऋणको तरिका पनि बदलिएको छ । २०६८ सालसम्ममा कुल कृषक ऋणको ३५ प्रतिशत रकम आफन्तबाट सावटीका रुपमा लिने गरिएको थियो । तर, २०७८ मा आइपुग्दा किसानहरुले लिएको ऋणको ३९ प्रतिशत हिस्सा सहकारीमा देखिएको छ ।

    तथ्याङ्कअनुसार ऋण लिएकामध्ये पनि थप ऋण आवश्यक रहेको बताउने कृषक संख्या १४ लाख १५ हजार रहेका छन् । जुन कुल परिवार संख्याको ३४ प्रतिशत हो । यसरी ऋण चाहिन्छ भन्ने कृषकको समूह पशुपन्छी पालनमा धेरै रहेको पनि तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं