SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/६ गते
    ५९३ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । नेपाल खेलकुद महासंघ, पर्वतले २०८० सालको बडा दशै, शुभ-दीपावली, नेपाल सम्वत, छड पर्व, ल्होछार, ईद एंव क्रिसमस-डे को पावन अवसरमा लिमिभुमेकोट दौड प्रतियोगिता तथा बिबिध खेलकुद कार्यक्रम फलेवास ३ शंकरपोखरी पोखरेचौरमा सम्पन्न भएको छ । सो दौड प्रतियोगिताको फलेबास नगरपालिकाका सस्थापक नगरप्रमुख पदमपाणी शर्मा ज्युले सिठी फुकेर दौड प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोउक्त प्रतियोगितामा प्रथम – सरोज शर्मा- अन्नपूर्ण कास्की ,द्वितीय- महेन्द्र रावल क्षेत्री- जाजरकोट र तृतीय- विराज परियार- धौलागिरी म्याग्दी का खेलाडी हुनु भएको थियो भने घैटो फुटाल्ने प्रतियोगीतामा शंखरपोखरीकी उषा भुसाल बिजेता हुनुभएको थियो ।

    बिजेता खेलाडीहरुलाई हार्दिक बधाई साथै पुरस्कारको ब्यवस्थापन प्रथम राजु गौडेल (जापान), द्वितीय हिम बहादुर पौडेल क्षेत्री (प्रिन्सीपल आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय, कुश्मा, पर्वत) र तृतीय रुद्र अधिकारी (शंकरपोखरी)ले गर्नुभएको थियो भनेयस दौड प्रतियोगिता लाई बिगत पाँच बर्ष देखि फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख एंव नेकपा ऐमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्मा ज्यूले सुरुवात गर्नु भएको कार्यक्रममा अतिथिज्यूहरू, सहभागी खेलाडीहरुलाई तथा उपस्थित खेलप्रेमी दाजुभाई दिदीबहिनी सबैलाई नबकालिका सामुदायिक क्लबका सचिब प्रदिप भुसालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रम संचालन नेपालखेलकुद महासंघ पर्बतका सचिब बिनोद कुमार सुनारले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष नेपालखेलकुद महासंघ पर्बतका अध्यक्ष खड्क बहादुर गुरुङले गर्नुभएको महासंघका सचिब बिनोद कुमार सुनारले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं