SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१ गते
    ८५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिएका हुन् ।

    कूल ९३ सदस्यी प्रदेश सभामा विश्वासको मतका लागि ४७ मत आवश्यक थियो । आजको प्रदेश सभामा कूल ९१ जना सांसद उपस्थित रहेकामा विश्वासको मतको पक्षमा ८६ सांसदले मत दिए भने विपक्षमा ५ सांसदले मत दिए । आम निर्वाचन भएका नौ महिनाको अवधिमा कोशीमा कार्की पाँचौं मुख्यमन्त्री बनेका हुन् ।

    उनी संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्की नेतृत्वको सरकार अल्पमतमा परेको खण्डमा कोशीमा मध्यावधि निर्वाचन हुनेछ ।

    विश्वासको मतको विपक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरुले उनलाई विश्वासको मत दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं