SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२६ गते
    ९०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गरेको राष्ट्रिय सरकार गठनको मागको माओवादी सांसदले प्रतिवाद गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर गौतमले राष्ट्रिय सरकार गठनको माग गरेका थिए । गौतम लगत्तै बोलेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको प्रतिवाद गरे ।

    ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा रहने हो भने …’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारको विकल्प आवश्यक रहेको तर्क गर्दै कांग्रेस सांसद गौतमले भनेका थिए ।

    कांग्रेस सांसद गौतमको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कामकारबाहीको बचाउ गरे । ‘सरकार सुशासन र सेवा प्रवाहमा दृढताका साथ अगाडि बढेको छ, यो अझ सशक्त बनोस्’, पाण्डेले भने । मुलुकको आर्थिक अवस्था सुधार हुन नसकेको कांग्रेस सांसद गौतमको भनाइप्रति लक्षित गर्दै माओवादी सांसद पाण्डेले भने, ‘देशको आर्थिक स्थिर अवस्थामा छ । यसलाई गतिशील बनाउनुपर्ने छ । उत्पादनमा जोड दिनपर्ने हुन्छ । प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ ।’

    समग्रतामा वर्तमान सरकारको नेतृत्व बदलेर कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव सांसद गौतमको छ । उनले भनेका छन्, ‘यही गति र मतिमा चल्ने हो भने यस (सरकार)ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’

    संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको उनको भनाइ छ । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ती र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन’ कांग्रेस सांसद गौतमले भनेका छन् ।माओवादी सांसद पाण्डेले काउण्टर गरे, ‘सदनमा राष्ट्रिय सरकारको विषय पनि उठेको छ । म भन्न चाहन्छु- हामी देशलाई अगाडि बढाउने कुरा गरिरहेका छौं । फेरि अरु नयाँ नयाँ विषयहरु थप्दै, हामीलाई आफूलाई लागेका कुराहरु गरेका छौं । यो होइन ।’

    देशले एउटा गति लिइरहेको दाबी गर्दै उनले थपे, ‘संविधान हामीले जो बनाएका छौं । यसलाई दृढताका साथ कार्यान्वयन गर्दै देशलाइ अगाडि बढाउन आवश्यक छ ।’संविधानको रक्षा र संघीयताको कार्यान्वयनमा वर्तमान सरकारले काम गर्न नसकेको कांग्रेस सांसदको भनाइको प्रतिवाद गर्दै माओवादी सांसद पाण्डेले यसमा तीन वटै सरकार र संघीय संसद उत्तिकै जिम्मेवार रहेको बताए ।संघीय संसदले समयमै कानुन बनाउन नसक्दा संघीयता कार्यान्वयनमा असर परिरहेको पाण्डेको तर्क छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं