SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२५ गते
    ४७८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जलजला गाउँपालिकाले लिएको प्रथम त्रैमासीक परिक्षाको विस्तृत समिक्षा तथा विश्लेषण गरेको छ । गाउँपालिकाले बुधवार पालिकाभरीका शिक्षकहरुको उपस्थितीमा शिक्षक सरोकारवालाहरु सँग समिक्षा तथा विश्लेषण गरेको हो ।विद्यालयका प्रध्यानाध्यापक एवम् शिक्षकहरु उपस्थिती भएको कार्यक्रममा शिक्षकहरुले आ–आफ्नो विद्यालयले शिक्षा सुधारमा गरेका प्रयासवारे जानकारी गराउँदै विद्यमान समस्या चुनौती र भावि योजना बारेमा गहन छलफल गरेका थिए । गाउँपालिकाले लिएको त्रैमासिक परिक्षाको बिषयगत नतिजा सार्वजानिक गदै विद्यालय र शिक्षकहरुको योग्यता र क्षमताको विषयमा पनि बहश संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

    जलजला गाउँपालिकाले विगत वर्षदेखिनै शिक्षालाई रुपान्तरण गर्न र शिक्षाको गुणस्तरलाई अव्वल बनाउनको लागि केही रचनात्मक कामहरुको सुरुवात गरेको र त्यही कार्यक्रमको शिलशिलामा पालिकाभरीका शिक्षकहरु सँग अन्तरक्रिया एवम् विश्लेषण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनले भने,‘गाउँपालिकाले त्रैमासिक, अर्धबार्षिक र बार्षिक परिक्षा संचालन गदै आएको छ । अन्य पालिकाले बर्षमा एक पटक परिक्षा लिने प्रचलन छ । तर, हामीले तिनवटै परिक्षा पालिकाले लिने र नतिजा प्रकाशन सँगै समिक्षात्मक कार्यक्रम गदै आएका छौँ ।

    यसले शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई उजागार गरेको छ ।,’ जलजला गाउँपालिकाले पालिका भित्र रहेका शिक्षकहरुलाई ३५ दिने आईसिटि तालिम संचालन गरेको र तालिमको नतिजा पनि सार्वजानिक भएकाले त्यस विषयमा पनि समिक्षा गरिएको अध्यक्ष आचार्यले बताए ।

    विगतमा प्रध्यानाध्यापकहरु सँग मात्र अन्तरक्रिया गदै आएको र हाल पालिका भित्रका सबै शिक्षकको उपस्थितीमा जलजलाको शैक्षिक अवस्थाका विषयमा छलफल भएको भएको छ उनले भने,‘जलजला गाउँपालिकाको शैक्षिक सुधारका लागि एकिकृत शैक्षिक क्यालेण्डर बनाएर भावी दिनमा शैक्षिक गतिविधीलाई अझै बढाएर लैजाने योजना छ ।,’ गाउँपालिकाका गतिविधीले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुमा सकरात्मक परिवर्तन देखिन थालेको उनको भनाई छ ।

    गाउँपालिकाले संचालन गरेको आईटिसी तालिममा पालिका भित्रका १६५ जना शिक्षकको सहभागीता रहेको थियो । समापन प्रश्चात उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ । तालिममा फर्से धाईरिङ माविका शिक्षक विनोद पौडेल पहिलो, अमर प्राविका शिक्षक हरिप्रसाद शर्मा दोस्रो, फर्से धाईरिङ माविका शिक्षक डिल्लीराम पौडेल तेस्रो र फर्से धाईरिङ माविका शिक्षक शारदा शर्मा सुवेदी सान्त्वना भएका छन् ।

    जलजला गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले, गाउँपालिकाका शिक्षा सल्लाहकार बद्रि दाहलले गाउँपालिकाको आगामी शैक्षीक गुणस्तर अभिवृद्धि बारे विस्तृत छलफल गरी शैक्षिक क्षेत्रलाई अझै कसरी बलियो बनाउदै लैजान सकिन्छ भन्ने विषयमा प्रस्तुती दिनुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं