SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१३ गते
    ५०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको भावना विपरीत एमसीसी कार्यान्वयन भए २०५२ सालको जनयुद्ध व्युँत्याउने चेतावनी दिएका छन् ।

    सडक संघर्षमा उत्रिएका विप्लवले एमसीसी नेपाली जनताको भावना र चाहना विपरीत रहेको र यसले नेपाललाई युद्धतर्फ धकेल्ने बताए । महासचिव विप्लवले सरकारले एमसीसीको विरोध गर्नेलाई जेल हाल्छु भन्ने सोच राखेको र एमसीसीलाई जबरजस्त कार्यान्वयन गराउन खोजेको खण्डमा देशमा अर्को जनयुद्धको सुरुवात हुने बताए ।

    ‘एमसीसीको विरोध गर्ने नेपाली नागरिकहरुलाई जेल हाल्छु भन्ने हो भने या जेल हाल्छु भन्यो भने यो सुनिराख्नुस्, कांग्रेसले पनि सुन्न जरुरी छ र प्रचण्डले पनि सुन्न जरुरी छ, के हेक्का राखोस् भने एमसीसीले शान्ति होईन् नेपालमा अर्को ०५२ सालको तयारी गर्दैछ । यो कुरा राम्रोसँग हेक्का राख्नुपर्छ,’– उनले भने ।

    नेपाली जनताले अस्वीकार गर्दागर्दै एमसीसीलाई लाग्छु भन्ने सपना देख्नु भनेको नेपालमा युद्ध जन्माउनु भएको उनले बताए । एमसीसी नेपालका कम्युनिष्ट र वामपन्थीहरुलाई सखाप पार्ने हेतुका साथ नेपालमा प्रवेश भएको उनको दाबी छ ।

    नेपालमा विकासको नाम दिएर साम्राज्यवादी घुसपैठ गर्छुभन्ने नठान्न उनले अमेरिकालाई चुनौति दिए । नेपालमा समाजिक सद्भाव खल्बल्याउने काममा राम्राज्यवादीको गोटीहरु लागेको उनको अरोप छ । कम्युनिष्टहरु सामाजिक सद्भाव भड्काउने काममा कहिले पनि नलागेको उनको भनाई छ ।

    सरकारले विकास र शान्ति चाहने हो भने एमसीसी खारेज गर्न आवश्यक रहेको उनले बताए । उनले सरकार स्वाभिमानतिर उभिने कि

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं