रन्जना खत्री क्षेत्री, पर्वत ।
फलेवास नगरपालिका वडा न ६ निवासी स्वः विनोद प्रसाद भुषालको श्रीमती पार्वती देवी भुषाललाई आज एक कार्यक्रमका बिच सुर्यज्योती लाईफ ईन्स्योरेस लिमिटेडले मृत्युदावी बिमा रकम भुक्तानी गरेको छ ।
सुर्यज्योती लाईफ ईन्स्योरेस लिमिटेड कुश्मा शाखाका प्रमुख उषा चापागाईंको नेतृत्वमा गएको शाखा अभिकर्ताहरुको टिमले उक्त मृत्युदावी बिमा रकम स्वः विनोद प्रसाद भुषालको श्रीमती पार्वती देवी भुषाललाई हस्ताण्तरण गरेको थियो ।
कालगतीको कारणले भएको मृत्यु बापतको रकम रु ३ लाख ६२ हजार ५ सय रुपैया उहाँको घरमै गई हस्तानतरण गरिएको हो ।
स्व विनोद प्रसाद भुषालले ३ बर्ष अघि गर्नुभएको विमा ३ किस्ता तिरेपछि कालगतिको कारणले मिर्तु भएको थियो भने उक्त बिमा साविक सुर्या लाईफ ईन्स्योरेस कुस्मा शाखा बाट ३ लाख विमाङ्क बराबरको पोलीसि १० बर्षको लागि लिनु भएको थियो ।
उक्त कार्यक्रममा सु्याज्योति लाईफ ईन्स्योरेस कुस्मा शाखाका एजेन्सी म्यानेजर जुनु गिरी, सीता शर्मा, मिना सर्मा, शिला भुषाल र फलेबास न.पा. वडा न ६ का वडा अध्यक्ष नवीन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।