SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१६ गते
    १६८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् । आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ ।

    अध्यक्ष नेपालले पार्टी पनि एकलौटी ढंगले चलाएको भन्ने उनको आरोप छ । नेतृ झाँक्रीले एमाले नेताहरुसँग सम्पर्क बढाएकी छिन् । पछिल्लो समय उनले योगेश भट्टराईसँग एमाले फर्किनेबारे अलिक लामो बहस गरेको स्रोतको दाबी छ । चुनाव सकिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको खुलासा गरेकी थिईन् ।

    तर, त्यतिवेला भने उनले एमालेमा फर्कनको लागि भन्दापनि वामपन्थीहरुकै नेतृत्वमा सरकार बनाउन र माधव नेपाललाई राष्ट्रपति बनाउने र एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गरेको बताईएको छ । झाँक्री नेकपा (एस) मा भूमिकाविहीनजस्तै छिन् । उनको अहिले अध्यक्ष माधव नेपालसँग पनि राम्रो सम्बन्ध छैन् ।

    खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा माधव नेपालले अपमानजनक ढंगले फिर्ता बोलाएकोमा उनले भेटेरै आक्रोश पोखेकी थिईन् । नेपालले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन दिने भन्दै अहिले नहटाउने वचन दिएपनि पछि थाहै नदिई सरकारबाट फिर्ता बोलाएको उनको गुनासो रहँदै आएको छ । अहिले भने उनले एमालेमा नै फर्कने मन बनाएको र त्यसको लागि अन्तिम तयारी गरिरहेको उनीनिकट स्रोतको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं