SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१६ गते
    ४०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरका अनुसार आज साढे एक बजेदेखि संगठन विभागको बैठक बस्न लागेको हो ।

    ‘संगठन विभागका तर्फबाट हामीले प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाइसकेका छौं । आज भोलि केन्द्रीय समितिको तयारी स्वरूप विभागका तर्फबाट आन्तरिक छलफल गर्नका लागि बैठक बस्दैछौं’ उपमहासचिव शर्माले भने । आज बस्ने संगठन विभागको बैठकले हटाउनु पर्ने तथा घटाउनु पर्ने विभाग र संगठनका आकारको विषयमा छलफल गर्ने भएको छ ।

    माओवादी केन्द्रले यस पटकको केन्द्रीय समितिबाट संगठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ । सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले संगठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारी अनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको छ । यस्तै पार्टीको केन्द्रीय समितिको पनि आकार ठूलो भएको भन्दै घटाउनुपर्ने प्रस्ताव केही नेताहरूको छ ।

    यस्तै बैठकको तयारी अन्तिम चरणमा पुगेको नेता डोरप्रसाद उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यका लागि आवश्यक परिचयपत्रलगायत लजिस्टिकको तयारी केन्द्रीय कार्यालयले गरिसकेको छ । पार्टीका पदाधिकारीले दिएका सुझावहरू संकलन गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन लागिरहेका छन् । बुधबार ११ बजेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकअघि बिहान ८ बजेदेखि पार्टी स्थायी समितिको बैठक बस्नेछ । पार्टी केन्द्रीय कार्यालयले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने केन्द्रीय समिति बैठकको तयारी गरिरहेको छ ।

    बैठकमा सबै केन्द्रीय सदस्यलाई ५-५ मिनेट बोल्ने समय दिइनेछ भने बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गर्ने निर्णय माओवादी पदाधिकारी बैठकले गरेको छ । केही नेताहरूले आन्तरिक बैठकलाई लाइभ गर्न नहुने मत राखे पनि बहुमत पदाधिकारीले बैठकमा छलफल भएका विषय बाहिर आउँदा तोडमोड भएर आउने हुँदा पारदर्शी बनाउन पनि लाइभ गर्नुपर्ने बताएका छन् । यस विषयमा भोलि बिहानको स्थायी समिति बैठकमा पनि छलफल गर्ने माओवादी केन्द्रको तयारी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं