SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/७ गते
    ९३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुरानै घर एमालेमा फर्किएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् ।

    उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज रामेछापको मन्थलिमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।

    बस्नेत मन्थली नगरपालिकाको पूर्व मेयरसमेत हुन् । स्थानिय तह निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

    २०७८ सालमा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा उभिएपछि पार्टीको जिल्ला अध्यक्ष बनेका उनी गत आम निर्वाचनमा गठवन्धनलाई चूनौती दिँदै प्रदेशसभाको उम्मेदवार बनेका थिए । तर निर्वाचनमा नराम्रररी पराजित भएपछि पार्टीमा असन्तुष्ट रहेका बस्नेत अन्तत एमालेमै फर्किएका छन् ।

    यता दिनहुँजसो नेता कार्यकर्ताहरु एमालेमा फर्कन थालेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाललाई भने अर्को झट्का लागेको छ । गएको शुक्रबारमात्र तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की नेकपा एस छोडेर एमाले प्रवेश गरेका थिए भने यसअघिनै दाङ,गुल्मी र जुम्ला जिल्ला कमिटी एमालेमा समाहित भईसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं