SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३० गते
    ४८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम हो । गत वर्ष यस अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

    यस वर्ष २९ असारसम्म ७ लाख १८ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।

    सो प्रदेशमा ८५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । यस्तै, सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । धान उत्पादनको भण्डार मानिने यस प्रदेशमा यस वर्ष २८ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

    कर्णाली प्रदेशमा ७० प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ हुँदा गण्डकी प्रदेशमा ४७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

    देशैभर मनसुन उपयुक्त भएको र रोपाइँ जारी रहेका कारण यस वर्ष धान खेती हुने सबै क्षेत्रमा रोपाइँ हुने अनुमान मन्त्रालयको छ । रोपाइँ ढिलाइ हुनुमा मनसुन केही दिन ढिला सुरु हुनु नै प्रमुख कारण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं