SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१७ गते
    ५४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, ‘आउने २२ गते (शुक्रबार) सम्म सार्वजनिक गर्न सक्छौं ।’

    एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्छ ।

    सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।

    बोर्डले गत वर्षको एसईईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको थियो ।

    जस अनुसार शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार भएको थियो । उक्त विधि अनुसार ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले नतिजा सार्वजनिक हुनु अघि बोर्ड निर्णय गरे अनुसार नतिजा सार्वजनिक गरिने बताए । उनले भने, ‘त्यो बोर्डले गर्ने निर्णय हो । बोर्डले कुन ग्रेडिङ सिस्टमबाट नतिजा सार्वजनिक गर्ने निर्णय गर्छ त्यही अनुसार हुन्छ ।’

    गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं