SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२१ गते
    २४५९ &#२३४६;&#२३३५;&#२३२५;

    झापा ।

    आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ । आठ दिनअघि बुद्धशान्ति गाउँपालिका- १ स्थित शान्ति चोकमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अधिकारीको गए राती उपचारको क्रममा बिर्तासिटि हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षकी विद्यार्थी थिइन् । मे ७ प ८१८१ नं को मोटरसाइकलमा मृतक अधिकारीसहित तीन जना सवार थिए ।

    दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति १ कै २० वर्षिया स्वस्तिका श्रेष्ठ पनि सामान्य घाइते भएकी थिइन् । मोटरसाइकलका चालक २५ वर्षिय दिपेश ढकाल र अर्का मोटरसाइकलका चालक ५८ वर्षिय धनबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यो पनि/ अन्य समाचार- बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु, काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा हिजो भएको सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु भएको छ ।

    बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

    दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

    पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं