SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/१ गते
    ५१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

    लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए ।

    तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ ।

    चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ ।

    एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले उहाँलाई रौतहट १ मा आउन अनुरोध गरेका छौं । उहाँले पनि आउनसक्छु भन्नुभएको छ ।’

    अध्यक्ष नेपाल उम्मेदवार भए सहज जित्ने उनको दाबी छ । भन्छन्, ‘एक्लै प्रतिस्पर्धा भयो भने पनि उहाँले जित्नुहुन्छ । गठबन्धन भयो भने अझ सहज हुन्छ ।’ स्थानीय तह निर्वाचन–१०७९ को परिणामले पनि रौतहट–१ एकीकृत समाजवादी बलियो देखिएको छ ।

    वडाध्यक्षमा पाएको मत जोड्दा रौतहट–१ मा एकीकृत समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ । १६ हजार ९२८ मतसहित कांग्रेस दोस्रो हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत १२ हजार ६२ छ । जनता समाजवादी पार्टी (जसपा) को ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नारायण मा.वि.को ६५ औँ वार्षिकोत्सव सम्पन्न

    पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ...

    शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर...

    अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन्...

    विकट क्षेत्रका दरवन्दीनै खाली हुने प्रचलनलाई तोड्ने स्वास्थ्य मन्त्री पाठकको दाबी

    पर्वत । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव आज सम्पन्न भएको छ । प्रदेश अस्पताल...

    पर्वतको मोदी गाउँपालिकामा श्रम अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाका रहेका जलबिद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुका लागि १ दिने अभिमुखीकरण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं