SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/१ गते
    ५८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।

    कार्यदलका एकजना सदस्य हिमलाल पुरीले भने, ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनुभएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ ।’

    गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो ।

    अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    आज हुम्लामा हिमपात, जनजीवन प्रभावित

    सिमकोट (हुम्ला) । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं