SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/२३ गते
    ६७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ ।

    सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले जानकारी दिए।

    यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

    यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।र्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

    पोखरा। रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं