SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२४ गते
    ५६६ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कृष्णनगर,  |

    लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मंत्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर र सेमरामा निर्माण भैरहेको होल्डिंग सेन्टरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ l

    उपरांत मंत्री हरु कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवामा नेकपा (माओवादी केन्द्र) लगायत अन्य नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खानको घरमा भएको थियोl

    उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले केहि समय अगाडि कोभिड -१९ ले प्रदेशमा बसोबास गर्ने व्यक्ति हरूको आर्थिक अवस्था कमजोर भएको अवगत गराउदै पुनः ओमिक्रोन भाइरसको जोखिम बढ्ने सम्भावना रहेका ले प्रदेश स्तरमा विस्तृत रूपमा रोकथाम गर्न तथा हुन सक्ने सम्भावित जोखिम पहिचान गरि विशेष योजना बनाउन समेत मंत्री हरूसंग माग गर्नुभयोl

    नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी लाई आउनु भएका मंत्री हरूले बधाई समेत दिनुभयोl

    उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हजरत अली खान, युवा नेता तो फेल खान, राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, नियाज अहमद, रूद्र लाल बन्जाडे, अजय गोयल, जुम्मन खा, गीता वर्मा, प्रहलाद यादव, अब्दुल अजिज , जुबेर खान, विनय शर्मा, खुर्सेद आलम, शाहिद खान, लगायत अन्य नेता तथा कार्यकता हरूले आ- आफ्नो क्षेत्रको समस्या दर्शाउदै विविध विषयमा विस्तृत क्षलफल भएको तथा पार्टी लाई थप मजबुतीका साथ लैजानु पर्ने कुरामा जोड दिइएको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं