SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१ गते
    ६३४ &#२३४६;&#२३३५;&#२३२५;

    म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मा’र हा’नेका छन्।

    ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मा’र हा’न्न दिने चलन छ।

    यस वर्ष बढीबढाउ गर्दा सबैभन्दा बढी कबोलेका बयरी डिलका आर्यन खड्काले सरकारी राँगो मा’र हा’ने’का भगवती कोत पूजा व्यवस्थाप समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताए।

    स्थानीयबासी समेत रहेका गण्डकी प्रदेश सांसद् विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देबेन्द्र केसी, वडा अध्यक्ष रिम कटुवाल लगायत अगुवाहरुको उपस्थितिमा सरकारी राँगो मा’र हा’न्ने इच्छुकहरुबीच अष्टमीको साँझ बढीबढाउ गर्न लगाइएको थियो।

    ‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन्,’ पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले भने, ‘बढीबढाउका क्रममा सरकारी मा’र हा’न्ने रकम बढ्दै गएको छ।’

    खड्काले अष्टमीकै साँझ रकम बुझाएर नवमीका दिन मार हानेका थिए। उनलाई गाउँलेले टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गरेका थिए। यसअघि २०७६ को नवमीमा दुई लाख ८८ हजार कबोलेर सरकारी राँगोको मा’र हा’नेका थिए।

    मा’र हा’न्नेले तिर्ने रकम पूजा व्यवस्थापनमा खर्च गरेर बचेमा कोषमा राख्ने गरिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठ भगवती कोतमा मा’र हा’न्ने’लाई स्थानीयले प्रतिष्ठित मान्ने गर्छन्।

    युवाहरुले आफ्नो पहिचान बनाउन र समाजमा स्थापित हुनका लागि भगवती कोतको सरकारी मा’र हा’न्न लाखौँ तिर्न तयार भएका हुन्। मा’र हा’न्ने व्यक्तिको मनोकाक्षा समेत पुरा हुने जनविश्वास छ। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं