SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/३१ गते
    ५७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र कर्तव्यनिष्ठाका साथ देश र नागरिककाे हितमा काम गर्न निर्देशन दिनुभएको छ ।

    पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आज आइतवार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमानदारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताउनुभयो ।

    उहाँले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराउनुभयो । कुनै पनि संस्थामा व्यक्तिको छनाेट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उहाँले सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘तपाईँहरूले इमानदारिताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । काम गर्दा देशकाे हितलाई र आफूले जिम्मेवारी सम्हालेकाे संस्थाको हितलाई केन्द्रविन्दुमा राखेर अनि नागरिककाे हितलाई केन्द्रविन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ ।’

    अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुन नहुनेमा जोड दिनुभयो । पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उहाँले निर्देशन दिनुभयो ।

    कुनै पनि प्रकारका दुर्व्यसन र आचरणसँग जोडिने काम नगर्न अध्यक्ष नेपालले निर्देशन दिनुभयो । उहाँले गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गर्नुभयो । मन्त्रीहरूको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने अध्यक्ष नेपालकाे भनाइ छ ।

    अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडि नै सामूहिक रूपमा बसेर, छलफल गरेर, साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो । सिङ्गो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जस/अपजसको भागीदार सबै मन्त्री हुने उल्लेख गर्दै उहाँले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराइ, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं