SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१२ गते
    १११८ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ
    करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन यसरी ‘भन्ने गीतले पुनः नया भर्सनमा आज बाट बजारमा आएको छ। पहिलो एल्बममा समाबेश गीत ‘किन यसरी बिना अर्थ’,जब तारा गनेर लगायतका गीतलाई धेरै नै रूचाईएको थियो।

    २०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गित तिमी र म, यो माया त्यो माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम पनि निकालिसकेको छ ।

    २० बर्ष अगाडि सम्पुर्ण युवाहरुको जनजिब्रोमा झुन्डिएको गीतलाई पुनः निकालेर नया प्रबिधी,संगीत संयोजन फरक स्वाद तरिकाले दर्शक सामु ल्याउन लागिएको प्रमोदले बताए।

    चर्चित गायक ,कंपोजर एबं शब्द संकलन समेत प्रमोद निर्वाणको रहेको उक्त गीतलाई फिमेल भर्सनमा सरला बी.सी.ले नया फेभरमा साथ दिएकी छिन। लामो समयपछि निकालिएको हुदा फेरी पनि सबैको मन मस्तिष्कमा ताजा बस्न सकिने प्रमोद बताउँछन्।

    दर्जनौ चर्चित गीतहरुमा अभिनय गरेका सागर लमसाल बले ,शिक्षा संग्रौला, कुशल बिस्ट र संजीता पान्डेयको अभिनय देख्न सकिन्छ।बुद्द थापाको उत्कृष्ट भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन।

    गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इंटरटेन्मेंटको यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको छ।केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ” का निर्देशक निकेश खडकाको नै रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं