SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/४ गते
    ६८२ &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

    सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

    पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो  पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

    पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी...

    आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने

    पोखरा । सूर्यतारा क्लब नेकोस कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा...

    करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय पर्वतका पत्रकार रेग्मी फोनिजद्वारा पुरस्कृत

    पर्वत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ करिब डेढ दशकदेखि पत्रकारितामा...

    कुलायन समितिद्वारा विभिन्न व्यक्ति सम्मानित

    शिशिर,पोखरा। सिमलचौर बराल कुलायन संरक्षण समिति, पोखरा -१३ आर्वाले कुल संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं