SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२१ गते
    ६३२ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् । क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिएका हुन् । सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, भने पनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप उनले लगाए । नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनीसमेत दिए ।

    मैले पहिलेदेखि भन्दै आएको छु विचार गर्नुहोला । कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति, न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ,’ बैठकमा पौडेलले भने ।

    पौडेलले महाधिवेशन गर्छु भन्ने तर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्नसमेत सभापतिलाई चेतावनी दिए । ‘महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भन्ने, तर काम केही नगर्ने ? समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी–छानी मान्छे हाल्ने ? हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भने । पौडेलको भनाइमा सभापति देउवाले लामो प्रतिक्रिया दिएनन् । उनले ‘महाधिवेशन गर्नी हो, हुन्छ हुन्छ’ मात्रै भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । देउवा लामो समय बैठकमा नबसी बाहिरिएका थिए ।

    पौडेल पक्षको माग के हो ?

    कांग्रेसको जारी क्रियाशील विवादमा नयाँ र समायोजनका सूचीमा संस्थापनइतर समूहको आपत्ति छ । पौडेलले आफ्नो पक्षले चुनाव जित्ने निश्चित भएको क्षेत्र र जिल्लामा अन्य पार्टीबाट आएको भन्दै फर्जी सदस्यता दिइएको आरोप लगाएका छन् । त्यस्तै विगतमा सदस्यता नभएका व्यक्तिको नाम नवीकरणमा घुसाइएको समेत पौडेल पक्षको आरोप छ ।

    संस्थापन पक्षले केन्द्रीय सचिवालयमा इन्ट्री भएको क्रियाशील सदस्यको नामावली हेर्न नदिएको समेत पौडेल पक्षको गुनासो छ । ‘जब हामीले क्रियाशीलको सूची हेर्न पाउदैनाै‌ भने गडबड छैन भनेर कसरी मान्ने ? नयाँ र नवीकरणमा भन्दा बढी धाँधली समायोजन र अन्य पार्टीबाट आएको भनेर गरिएको छ,’ पौडेल पक्षका एक नेताले भने । संस्थापन पक्षले भने विगतमा सहमति भएर टुंगो लागिसकेको विषयमा पुनः विवाद झिकिएको आरोप लगाउने गरेको छ । ‘पौडेल पक्षले हिजो आफैले गरेको सहमति मान्दिन भनेको छ । समायोजनको कुरा टुंगिसकेको हो, फेरी फाइल खोल्नु भनेको महाधिवेशन हुन नदिने षड्यन्त्र हो’, संस्थापन पक्षका एक नेताले भने ।

    कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले गत साउन १२ गते केन्द्रीय समितिलाई प्रतिवेदन बुझाएको थियो । भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा कांग्रेस महाधिवेशन हुने भनिए पनि सदस्यता विवादका कारण वडा तहको अधिवेशनसमेत हुन सकेको छैन । संवैधानिक प्रावधानअनुसार हरेक राजनीतिक दलले सामान्यतः ५ वर्ष र विशेष अवस्थामा थप ६ महिनाभित्र प्रदेश र संघीय पदाधिकारीको निर्वाचन गर्नुपर्ने हुन्छ ।

    कांग्रेसको १३ औं महाधिवेशन २०७२ साल फागुन २३ गते सम्पन्न भएको थियो । संवैधानिक व्यवस्थाअनुसार २०७८ भदौ २३ मा कांग्रेसको वर्तमान कार्यसमितिले ५ वर्ष ६ महिनाको अवधि पूरा गर्छ । त्यसपछि उत्पन्न हुने संवैधानिक बाधा हल गर्न कांग्रेस नेतृत्वले विभिन्न उपाय खोजिरहेको छ । जसमध्ये कोरोनाको कारण देखाउदै निर्वाचन आयोगबाट केही थप समय लिने योजनामा सभापति देउवा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं