SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१६ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    बाँके – प्रहरीलाई ‘ब्ल्याकमेकिङ’ गरेर रकम असुल्न खोज्ने एक जना अनलाइनकर्मी नेपालगञ्जबाट पक्राउ परेका छन् । एबीपी क्राइम न्यूजको संवाददाताको परिचयपत्रधारी राजन वैश्यलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीवार पक्राउ गरेको हो ।

    वैश्यले प्रहरीलाई होटलमा बोलाएर पैसा लिइरहेको भिडियो आफूसँग रहेको भन्दै एक लाख ६० हजार रुपैयाँ माग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई ब्ल्याकमेलिङ गर्न खोजेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीका अनुसार वैश्यले क्यामरा खरिदका लागि प्रहरीसँग रकम माग गरेको स्वीकार गरेका छन् । प्रहरीले अनलाइनका सञ्चालक आशिष मल्ल ठकुरीलाई समेत पक्राउ गरेका छ । विवादित छविका मल्ल यसअघि युवालाई प्रहरी बनाइदिने भन्दै रकम लिएको अभियोगमा पक्राउ परेका थिए ।

    पत्रकारिता पेसाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने जस्ता कार्यमा संलग्न हुनेहरूको वकालत नगर्ने र गल्तीको भागीदार हुनुपर्ने महासङ्घले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं