SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१२ गते
    ७८६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाका बारेमा एकरुपता ल्याउन र सर्वसाधरण सेवाग्राहीलाई सहजै सेवाका बारेमा जानकारी दिने उद्देश्यले पर्वतमा कार्यसञ्चालन बिधी सार्वजनिक गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कार्य सञ्चालन बिधी(एसओपी) सार्वजनिक गर्नुभयो ।

    सार्वजनिक सेवा प्रवाहमा एकरुपता, पारदर्शीता र विश्वस्नीय बनाई कार्य सम्पादनलाई सरल तथा सहज रुपमा प्रवाह गर्न कार्यसञ्चालन बिधीले सहयोग पु¥याउने प्रजिअ खत्रीले बताउनुभयो । उहाँले सेवाग्राहीहरुले कार्यालयमा सेवा लिनआउदा पु(याउनुपर्ने विधि र प्रकृयाकोवारेमा सवै नागरिकलाई जानकारी हुने र कुनैपनि सेवाग्राही कार्यालयमा आएर प्रकृया नपुगेका कारण विमुख भएर फर्कन नपर्ने स्थिति सृजना गर्न उक्त कार्य संचालन कार्यविधि सार्वजनिक गरिएको उहाँको भनाई छ । कार्यबिधी जिल्ला प्रशासन कार्यालयका कर्मचारी र हरेक पालिका तथा वडामा पु¥याउँदा सेवाग्राहीले सबै प्रकृया पु¥याउने हुँदा समयमा कार्यसम्पादन हुने बिश्वास लिइएको प्रजिअ खत्रीले बताउनुभयो ।

    सिडियो ब्यक्ति हैन, एक्लै पनि चल्दैन

    अन्तरकृया कार्यक्रममा प्रजिअ खत्रीले प्रमुख जिल्ला अधिकारी ब्यक्ति नभएर संस्था भएको हुँदा एक्लै नचल्ने र सामुहिक निर्णयका आधारमा चल्दै आएको स्पष्ट पार्नुभयो । ‘सिडियो ब्यक्ति होइन, संस्था हो’ उहाँले भन्नुभयो ‘बिभिन्न समिति र सरोकारवालाको सामुहिक आवाज र सामुहिक निर्णयका आधार मात्रै चल्दै आएको छ र चल्नुपर्छ।’ उहाँले सबै पक्षका कुरा सुन्नुपर्ने भएपनि सिडीयोलाई अरुले चलायो भन्ने आरोप निराधार भएको भन्दै खण्डन पनि गर्नुभयो । ‘बिभिन्न समितिका पदाधिकारी र सदस्यहरुको सल्लाहमा नै सबै निर्णय भएका छन।’ उहाँले भन्नुभयो ‘संस्थागत प्रतिनिधीको रायका आधारमा चल्दा त्यसलाई अन्यथा मान्न हुँदैन, सबै ब्यक्ति ब्यक्ति संग सल्लाह गर्न कठिन हुन्छ।’

    उक्त अवसरमा आर्थिक वर्ष ०७७र०७८ मा जिल्ला प्रशासन कार्यालय पर्वतले सम्पन्न गरेका कार्यहरुका उपलव्धिहरु सार्वाजनिक गरेको छ । विपद पूर्व तयारी तथा प्रतिकार्ययोजना,मनसुन पूर्व आपतकालिन कार्ययोजना निर्माण गरि लागू गरेको जानकारी दिएको छ ।

    कार्यालयबाट गत आबमा दैबि प्रकोप प्रभावितहरु ७७ जनाले संघ सरकारबाट ८ लाख ९५ हजार र प्रदेश सरकारबाट ३९ जनाले ३ लाख ८० हजार राहात पाएका छन् । ७४ घर पुननिर्माण,११ पुनस्थापना र ९२ घर मर्मत भएका छन् । कार्यालयबाट आमा पत्ता नलागेका नागरिकका लागि नेपाली नागरिकता बनाउने कार्यलाई सहजिकरण गरी ३ जनालाई प्रकृया पु¥याएर नागरिकता प्रदान गरेको जानकारी पनि दिएको छ।

    प्रजिअ पाण्डेले कोरोनाको दोश्रो लहरका कारण जनजीवन अतिप्रभावित भएको कठिन अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरेको,कोरोना नियन्त्रण गर्न स्थानिय पालिका लगायत सरोकारवाला निकाय संग समन्वय गरि कार्य गरेका कारण ठुलो मानविय क्षती हुनवाट जोगिएको बताउनुभयो ।

    उक्त अवसरमा जिल्ला समन्वय अधिकारी सुरेश ढकालले शान्ति सुरक्षा, अमनचयन कायम गर्दै सबै सरकारी र अन्य क्षेत्र संग समन्वयको भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई धन्यबाद दिनुभयो । कार्यक्रममा प्रमुख कोष नियन्त्रक ज्ञवाली, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिमल गौतम लगायतले बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं