SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    २१५४ &#२३४६;&#२३३५;&#२३२५;

    विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।

    चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ ।

    यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

    धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ ।

    प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् । राजधानी दैिनकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं