SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१९ गते
    १२७९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा संवाददाता ।  देशैभरी औंशधी लगाएत अति आवश्यक सामाग्री ढुवानी गर्नुपरेमा दर्शन मोनिका ट्रान्सपोर्टले आवश्यकता हेरेर ढुवानी गरेरहेको प्रबन्धक हरि श्रेष्ठले बताउनु भएको छ देश बिषम परिस्थितिमा छ कोरोनाको कारण मर्नेहरूको संख्या तिव्र गतिमा बढीरहेको छ । अस्पतालमा बेड छैन अक्सिजन छैन भेन्टिलेटर छैन,दलहरू सत्ताको सिनो लुट्न लुछाचुडी गर्देछन।

    खोपमा कमिशन, औषधिमा लुट, यस्तो अवस्थामा हामी पनि आफ्नो ब्यापारलाई मात्रै हेरेर ज्यानको माया गरेर बस्ने हो भने देशमा आम सर्वसाधारण जनताले कसरी बाच्ने त्यसैले पनि आफ्नो ज्यान जोखिममै राखेर भएपनी हामी आफुले सक्ने जति सेवा दिईरहेका छौ देशैभरी अति आवश्यक पर्ने औंशधीजन्य सामग्री खाद्यान्न आवश्यकता हेरेर निशुल्क समेत ढुवानी गरिरहेका छौ दर्शन मोनिका ट्रान्सपोर्टका प्रबन्ध हरि श्रेष्ठ अगाडि भन्नुहुन्छ।

    हामीले यो बिषम परिरिस्थीतीमा हाम्रा कार्यक्षेत्र रहेको जिल्लाहरुमा एक दिन मात्रै बन्द गरेउ भने पनि त्यसको प्रत्यक्षमार आम जनतामा कति पर्छ भन्ने कुराको हेक्का सरकारलाई नभएपनी हामीले महशुस गर्नसक्छौ त्यसैले पनि यो बिषम परिस्थीतीमा हामीले हाम्रो ज्यानको प्रबाह नगरि राज्यले गर्नुपर्ने काम आफ्नो तर्फबाट गरिरहेका छौ यो कुरालाई सरकारले नबुझीदिएपनी आम नेपाली जनताले अवश्यनै बुझ्नुभएको छ त्यसैले पनि हामी सन्तुष्ट छौ प्रबन्ध श्रेष्ठ ले भन्नुभयो औषधी मात्र दिनमा १५०० देखि २००० कार्टुन आउँछ हामीले एक दिन बन्द गर्दा त्यसको असर शहर देखि गाउँसम्म पर्छ त्यसैले पनि सरकारको सहयोग बिना हाम्रो तर्फबाट आफुले सक्ने जति गरेका छौ ।

    यो परिस्थितिमा बिहान बेलुका काम गरेर खाने मजदुर दाजुभाईहरुलाई असर नपरोस भनेर प्रत्येक दिन खानाको ब्यवस्था सहित काम मा लगाईरहेका छौ साथै उनिहरुको परिवारलाई समस्या नहोस भनेर चुलो बल्नका लागि आवश्यक खाद्यान्न समेत सहयोग गरिरहेका छौ । नागरिकको पनि जिम्मेवारी हो हामिले नगरे कसले गर्ने भन्ने सोचेर नै हामिले काम गरिरहेका छौ हामी सरकारबाट यति चाहन्छौकि कुनै पनि किसिमको अवोरोध नहोस सहजताका साथ काम गर्ने वातावरण मिलोस ।

    श्रेष्ठ भन्नुहुन्छ यो विषम परिस्थितिमा यदि अति आवश्यक सामान ढुवानी नभएर समस्यामा हुनुहुन्छ भने जो कोहिले पनि हामिलाई सम्झन सक्नुहुन्छ हामिले उहाँहरुलाई सहयोग गर्न तयार छौ । गन्डकी प्रदेशमा त हामी निरन्तर सेवामा नै छौ आफुले पहुँचले भ्याउने जिल्लामा पनि यो सेवा दिनेछौ बिरगज, बुटवल, नारायघाट, बिराटनगर काठमाडौ बाट गन्डकी प्रदेशको राजधानी पोखरालाई यो परिस्थितिमा यात्रामा पनि असजता भएको हुनाले जो कसैलाई पनि केहि समस्या भए हामी लाई सम्झनु होला फोन नम्बर यहाॅहरुको लागी २४ घन्टा खुल्ला रहनेछ हरि श्रेष्ठ 9856024110-9801914229 – साजन गुरुड 9801914226 पोखराको लागी काठमाडौ 9801914203 राम चन्द 901914222 अरुण बुटवल 9801914212-नारायघाट 9801914218-सुदिप बिरगज राजेश 9801914221

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं