लाग्छ ब्रम्हाण्डबाट सूर्य हराएको छ
धुरीमाथि कालो काग नराम्रोसँग कराएको छ
खुसी सबै लिएर गयौ पिडा मेरो भागमा पारी
त्यहि पिडाले केहि गर्छ कि भनी मन आफैसित डराएको छ |
बाहिरी मौसममा घाम लागेपनि मनमा कालो बादल छाएको छ
ओठमा शान्त मुस्कान देखिएपनि मन रुदै कराएको छ
मानसिक पिडा कस्तो हुन्छ यो पनि भोगाइ छोड्यौ तिमी
त्यहि भोगाइले नै बहुलठ्ठी कामहरु गराएको छ |
लाग्छ त्यति कोहि रोएको छैन जति मेरो मन रोएको छ
पिडा फाल्छ कि भनी ऑंशुले मनलाई धोएको छ
सबै कुरा भुलेपनि सक्दिन है तिम्लाई भुल्न
कमजोर मनलाई घरीघरी तिम्रो यादले छोएको छ |
थाहा छैन कता कता सबैको मन डराएको छ
अशुभको संकेत गर्न धुरीमा काग कराएको छ
ऑंखा चिम्लिसकेको रहेछु तिम्लाई भुल्न सँधैको लागी
त्यसैले अन्धकार छाएकाे रहेछ लाग्यो ब्रम्हाण्डबाट सूर्य हराएको छ | लेखक : गेहेन्द्र आचार्य सुनिल