SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/२६ गते
    १२५१ &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल ।
    राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो ।

    गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए ।

    राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले विज्ञप्ति नै निकालेर अपील गरेको थियो । बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र खारेजीको माग गर्दै वृहत प्रदर्शन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं