बैकुण्ठ गिरी, पर्वत । पछिल्लो समय बिश्वभर फैलिएकाे काेराेना भाईरसकाे महामारी नेपालमा उच्च तहमा नै फलिएकाे छ ।
यस्ताे अबस्थामा पर्वत जिल्ला पनि यस राेगकाे संक्रमणबाट जाेगिन सकिरहेकाे छैन । एकातिर राेगकाे बिगबिगी छ भने अर्काे तिर अनावश्यक हल्लाकाे कारण समस्या पैदा भएकाे छ ।यस्तै समस्या कुश्मा बजारमा रहेकाे लाेकप्रिय गणपति डिपार्टमेन्ट स्टाेरका संञ्चालक राजकुमार बस्नेतलाई परेकाे छ । अनावश्यक हल्ला फिजाएर उनी र उनकाे परिबार तथा ब्यापारमा समेत हानी पुर्याउने काेसिस गरिएको बस्नेतले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।।
हामिसँग कुरा गर्दै बस्नेतले भने म पसलमा छु, मेराे पसल खुल्ला छ र मलाई काेराेना लागेकाे छैन भनेका छन् । साथै बस्नेतले हल्लाकाे पछि नलाग्न पनि आफ्ना शुभेच्छुकहरुलाई अाग्रह गरेका छन् ।
पसल खुल्ला भएकाे र अाफुलाई काेराेना संक्रमण पनि नभएको भन्दै बस्नेतले कुनै पनि अनावश्यक हल्लाकाे पछाडी नलाग्न सबैलाई अाग्रह समेत गरेका छन् ।।