SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/३ गते
    १३५५ &#२३४६;&#२३३५;&#२३२५;

    फेसन डिजाइनर सुक्निता चौलागाईं लाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई अमुल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले सम्मानित गरेको हो ।

    रनर अप मिसेस हिमालयन २०१४,फेसन सो एट् हाउस अफ फेसन २०१८, फेसन सो एट् हेरिटेज अफ फेसन सिड्नी लगायत थुप्रै सो हरुमा उत्कृष्ट फेसन डिजाइनिङ गरेकी उनले फिल्म तथा म्युजिक भिडियोमा समेत डिजाइनिङ गर्दै आएकी छिन् । राजधानीको कोटेश्वरमा भ्यालेन्टिनो द बुटीक नामको आफ्नै बुटीकमा उनले लेडिज तथा जेन्सका हरेक कपडाका डिजाइन गर्दै आएकी छिन् ।

    ललितपुर स्थित म्युजिक सिटीमा आयोजित समारोहमा वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रीन फेशन आइकन ’ ले सम्मानित गरियो।
    त्यसैगरी, टेलिभिजनमा विभिन्न रियालिटी शो संचालनको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाली रियालिटी शोलाई एक आफ्नै उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नायिका तथा टेलिभिजन कार्यक्रम संचालिका रिमा विश्वकर्मालाई ‘मस्ट इन्फ्लुइन्सियल टीभी आईकन’ प्रदान गरियो।

    वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो । नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको छ ।

    पेजेन्ट नेपाल ईन्टरनेशनलले यसवर्षको ‘पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ भने विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै विहीबार विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकाअनुरुप संचालन गरी सम्पन्न गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं