SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२४ गते
    ७६१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै जननायक वी. पी. कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ गाउँमा पु¥याउने उद्देश्यले गठित मञ्चले पार्टी कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको मञ्चका अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पार्टीलाई थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँको भनाई छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ठकुरीले वीपीको सिद्धान्तलाई आत्मसाथ गदै वर्तमान सरकारले गरेको गलत कामको भण्डाफोर गर्न युवाहरुलाईे निर्देशन दिनुभयो ।

    वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चका अध्यक्ष सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन मञ्चका सचिव सन्तोष पाठकले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं