SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१३ गते
    ७७४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु, । नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को केही दिन अगाडि असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मदरसामा शिक्षण गर्दै आएका थिए । रात्रि को समयमा मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु भएको कुरा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि ले बताएका छन्।

    मौलाना अब्दुल मन्नान सल्फी को असामयिक निधन प्रति स्तब्ध रहेको बिद्यालय प्रशासनले आज शोक सभाको आयोजन गरेको थियो । शोक सभामा सबै धर्मको मानिसहरुको उपस्थिति देखिएको थियो । सन् १९५९ दिसम्बरमा जन्मेका मौलाना अब्दुल मन्नान सल्फी एक सहिष्णु मौलाना थिए । उहाँ जाति धर्मलाई न हेरिकन गरिब, असहाय तथा बिपन्न मानिसहरुको मदत गर्दै आईरहेका थिए । जसले गर्दा वहाँ मुस्लिम समुदायमा मात्र नभई हिन्दुहरुको लागि पनि लोकप्रिय थिए ।

    राष्ट्रिय मदरसा संघ नेपाल लगायत अन्य संघ संस्थाहरु द्वारा सम्मानित भएका मौलाना अब्दुल मन्नान सल्फी को शिष्यहरु नेपाल, भारत का साथै खाडी देशहरुमा पनि प्रशस्त भएको कुरा नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी ले बताएका छन् । नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खा ले मौलाना सल्फी को बिलीनता बिद्यालय प्रशासनलाई मात्र नभई समग्र समाजलाई नै अविस्मरणीय रहने ठहर गरेका छन् । सहिष्णु तथा मिलनसार व्यक्तित्व रहेका मौलाना सल्फी को आत्मालाई स्वर्गमा स्थान मिल्ने र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्ने कामना पनि नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी ले गरेका छन् ।

    राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले नेपालको पहिलो उर्दू मासिक पत्रिकाको संरक्षक सल्लाहकार समेत रहेका मौलाना सल्फी को आत्मशान्ति को कामना गर्दै मौलाना एक ईमान्दार, सहयोगी तथा मिलनसार स्वाभावका व्यक्ति भएको कुरा बताएका छन् ।

    त्यसैगरी मदरसा बोर्ड प्रदेश नम्बर ५ को उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले दिवंगत आत्मालाई स्वर्गमा स्थान मिल्ने कामना गर्दै मौलाना सल्फीको योगदान प्रति आफूहरु सधै आभारी रहने कुरा भनेका छन् । साथै स्तब्ध बनेका परिवारलाई धैर्य धारण गर्ने साहस प्रदान गर्ने कामना पनि गरेका छन् ।

    नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारूकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफि, उपाध्यक्ष शैख जैस मक्की, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, साहिद अहमद खां, , मौलाना जहिर अहमद बरेलवी, मौलाना अकिल अहमद, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल, वि.ओ. पी. कृष्णनगर का प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की, सह सेनानी मेघ बहादुर राईं भाट लगायत अन्य को उपस्थित रहेको कुरा प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहुद खां नेपाली ले जानकारी दिएका छन् । शोक सभामा रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजर को सदुपयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं