SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/९ गते
    २६४५ &#२३४६;&#२३३५;&#२३२५;

    जापान  । फुकुओका नेपाल सोसाइटीले हिन्दु नारीहरुको महान् चाड तीजको अवसरमा आयोजना गरेको ‘तीज फेस्टिबल कन्टेस्ट २०२०’ को विजेता घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमबीच घोषणा गरिएको परिणाम अनुसार फुकुओकाकी सुजाता थापा प्रथम, बाग्लुङ्ग नेपालकी स्नेहा खड्का द्वितीय र फुकुओकाकै युनिषा आचार्यले सान्त्वना स्थान हासिल गरेकी छन् ।

    लाइक तथा सेयरका आधारमा प्रथम भएकी थापाले २५ हजार ५५० जापनिज एन र प्रमाणपत्र, द्वितीय भएकी खड्काले १५ हजार ५५० एन प्रमाणपत्र र सान्त्वनाबनेकी आचार्यले १० हजार एन बराबर को गीफ़्ट र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितामा दित्तिय भएकी खड्‌का झण्डै १ लाख १० हजार भ्युअर्स बटुल्दै Most public view Award बाट सम्मान सहित ५ हजार एन प्राप्त गरेकी छन।

    ११२ जनाले सहभागिता जनाएको तीज फोटो कनटेस्ट कार्यक्रममा निष्पक्ष ढंगले पूर्व जारी नियमअनुसार र लाइक, सेयरको आधारमा विजेताको स्थान तय गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष शिब शर्मा बिबिध कारण वस उपस्थिती नभएपनि एक सन्देश जारी प्रष्ट पारेका थिए।

    फुकुओका नेपाल सोसाइटीका बरिष्ठ उपाध्यक्ष माधब सिग्देलको अध्यक्षतामा भएको नतिजा प्रकाशन कार्यक्रममा संस्थाका उपाध्यक्ष सुजन केसी र सचिब संजिब रेग्मीले प्रतियोगितामा भाग जनाउनु हुने प्रतिस्पर्धी र तिज कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सहयोगि दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका प्रबक्ता दिलेंद्र जोशीले गरेका थिए।

    सोसाइटीले अगस्ट ११ देखि २१ सम्म फोटो प्रदर्शन गरी अगस्ट २१ राति १२ बजेसम्मको फोटोको लाइक र फुकुओका नेपाल सोसाइटीको फेसबुक पेजलाई सेयर, लाइक र सेयर गर्नुपर्ने जस्ता नियम तोकेको थियो । सन् १९९५ सालमा स्थापित फुकुओका नेपाल सोसाइटीले प्रत्येक वर्ष मनाउँदै आइरहेको हरतालिका तीजको कार्यक्रम यस वर्ष भने कोभिड १९ को कारणले फोटो प्रतियोगिता गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं