SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१७ गते
    १००१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादको भुमरीमा रुमल्लिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोगत र निरकुंश कार्यशैलीलाई लिएर पार्टीमा पटकपटक आलोचना भएको थियो । ओलीले आफुले अंगालेको गुटगत कार्यशैली सच्याउनुको सट्टा अन्य नेताहरुलाई नै धम्क्याउन थालेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय र स्थायी समितिका बहुमत सदस्यहरुले दुवै पदबाट राजिनामा मागेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक खुल्ला कार्यक्रममा ओलीले आफुलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न भएको आरोप लगाएको पर्सीपल्ट प्रचण्ड लगायतले राजिनामा मागेका थिए ।

    ओली पार्टीका सबै तहहरुमा अल्पमतमा परेपछि स्थायी समितिको बैठक राख्नै नमान्ने र राखिहालेपनि बैठकमा उपस्थित नहुने गर्दै आईरहेका छन् ।पार्टी विवादलाई लिएर प्रचण्ड–नेपाल पक्ष एकाठाउँमा उभिएपनि गृहमन्त्रीसमेत रहेका रम बहादुर थापा बादल भने कहिले ओलीतिर त कहिले प्रचण्डतिर देखिने गरेका छन् । थापाले विहिबार आफ्ना समुहका नेताहरुलाई पुल्चोकस्थित सरकारी क्वाटरमा झण्डै ८ घण्टा लामो छलफल गरेको बताइएको छ ।

    थापा समुहमै ३ धार, प्रचण्डसँग मिल्नुपर्छ भन्नेहरु अत्याधिक
    थापाले आयोजना गरेको उक्त भेलामा हिजो बैद्यसँग फुटेर तात्कालिन नेकपा माओवादी केन्द्रमा एकता गर्दाका नेताहरु जो अहिले नेकपामा केन्द्रिय समितिमा छन् उनीहरुलाई आमन्त्रण गरिएको बताइएको छ । नेकपामा ३५ जना थापा समुहका सदस्यहरु पार्टी केन्द्रिय समितिमा प्रतिनिधित्व पार्टी विवाद र निकासका बारेमा छलफल चलेको एक सहभागीले बताए ।

    छलफलमा ३ धार देखा पर्यो । एक–निशर्त प्रचण्डलाई साथ दिएर जानुपर्छ, दुई–ओलीलाई साथ दिएर जानुपर्छ, तिन– आफ्नै लाईन बनाएर जानुपर्छ भन्ने ।उनका अनुसार स्थायी समिति सदस्यद्वय देव गुरुङ्, पम्फा भुषाल लगायत गरी २९ जना केन्द्रिय नेताहरुले प्रचण्डलाई साथ दिएर अघि बढ्नुपर्ने बताएका थिए ।

    यसैगरी ५ नं. प्रदेश प्रदेश गृहमन्त्रीसमेत रहेका कुल प्रसाद केसी सोनाम, थापाका गृहका सल्लाहाकार सुर्य सुवेदी पथिक, पथिककी जिवन संगिनी समेत रहेकी ज्ञानु बस्नेत र प्रेस संगठनका केन्द्रिय संयोजक महेश्वर दाहाल गरी ४ जना नेताहरुले ओलीसँग मिलेर जानुपर्ने र प्रचण्डलाई देखाइदिने बेला आएको बताएका थिए ।

    यसैगरी लेखनाथ न्यौपानेले भने ओली–प्रचण्ड दुबै प्रवृतिगतरुपमा बेठिक भएकाले आफ्नै लाईन र नेतृत्व स्थापित गरेर जानुपर्ने बताएका थिए ।स्वंयम थापा पनि ओलीमा कम्युनिष्ट चरित्र नै नभएको र उनले प्रतिक्रान्ति गर्ने भएकोले प्रचण्डलाई साथ दिनुपर्ने मत राख्दछन् । तर उनलाई सुवेदी र दाहालले कतिपय अवस्थामा दुविधामा हाल्ने गरेका छन् ।

    दिलकृष्ण प्रजापति भिष्म,रामदिप आचार्य लगायतका युवा नेताहरुले अनिर्णय र अकर्मन्यताको बन्दी बन्न नहुने बताएका थिए । आचार्यले लडाईको बेलामा बिच बस्न नसकिने भन्दै प्रचण्डलाई साथ दिएर जानुपर्ने बताएका थिए । खबर डवलीबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं