पर्वत । जननायक पुर्व प्रधानमन्त्री तथा बि.पी कोईरालाको स्मृतीमा लोकतान्त्रिक समाजवाद प्रति आस्था राख्ने युवाहरुको साझा चौतारीको रुपमा स्थापना गरिएको बि.पी कोईराला युवा नेतृत्व बिकास मञ्च पर्वतको अध्यक्षमा किसोर सुवेदी मनोनित भएका छन् ।
नेपाली जनताको आवाज बुलन्द पार्ने युवाहरुको संस्थाको रुपमा स्थापित बन्दै गएको मञ्चमा पर्वतको अध्यक्षको रुपमा बि.पी कोईराला युवा नेतृत्व बिकास मञ्चका केन्द्रिय अध्यक्ष निलकण्ठ रिजालले सुवेदीलाई मनोनित गरेका हुन । सुवेदी सहित बिभिन्न जिल्लाबाट युवाहरुलाई नेतृत्वमा मनोनयन गरिएको छ ।
बिगत १० बर्ष देखि स्थापनाको मञ्चले देशैभरका युवाहरुलाई संगठित गर्दै अन्तरकृया तथा प्रशिक्षण गर्दै, युवाहरुको नेतृत्व बिकास सवल लोकतन्त्रको बिकासबाट मात्रै भएको बताउँदै संभव भएको बताउने गरेको छ ।