SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/७ गते
    ११८९ &#२३४६;&#२३३५;&#२३२५;

    अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुप-यो ।’ नेपाल केही नबोली सुनिरहे तर राष्ट्रपतिले थपिन्, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ (केपी ओलीप्रति इंगित गर्दै) । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ ।’

    त्यसपछि राष्ट्रपतिले निर्वाचनताकाको क्षण स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले नै मलाई यो पदमा ल्याउनुभएको हो । भोलि फेरि अर्को कसैलाई पठाउनुपर्ला । त्यो अवस्थामा मैले पनि नयाँ व्यक्तिलाई राम्रोसँग हस्तान्तरण गर्न सकिनँ भने अलि मज्जा हुने छैन । मलाई नेकपाले एकताबद्ध हुँदै जिताएर यहाँ पठाएको हो । त्यसैगरी पार्टी एक बनिरहोस् र हिजोजस्तै भोलि पनि एक भएर नेकपाकै अर्को मान्छेलाई यहाँ पठाओस् भन्ने मेरो चाहना हो ।’

    नेपाललाई यो पनि भनियो, ‘पार्टी फुट्यो भने राष्ट्रपति पदसमेत आगामी दिनमा अर्को पार्टीका मान्छेको हातमा जान्छ । अरुले सहजै खेल्ने मौका पाउँछन् । हिजो जस्तै भोलि पनि नेकपाले छानेको र चुनेको मान्छेलाई नै हस्तान्तरण गर्न सकुँ । पार्टीमा टुटफुट नआओस्, यही हो मेरो चाहना ।’ जनआस्था साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं