SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/६ गते
    ६५४ &#२३४६;&#२३३५;&#२३२५;

    तनहुँ, । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भीमाद नगरपालिकाको आयोजनामा आज बृक्षरोपण एवम् नदी कटान नियन्त्रणको थालनी गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भीमाद नगरपालिका वडा नं ८ स्थित अरौंदी बजारमा १०० वर्ष अघि समाजसेवी मोतिराज खनालले स्थापना गर्नुभएको समीको बृक्ष सहितको चौतारो क्याङदी खोलाले कटान गरे पछि सोही स्थानमा आज समीको बिरुवा लगाइएको ने.वि.संघ तनहुका अध्यक्ष चुडामणि खनालले जानकारी दिए । विगतमा भानुमति र भीमाद आसपासका विभिन्न सभा समारोह स्थलका साथै यस क्षेत्रका सर्वसाधारण भेला भई विकास निर्माणका योजना बनाउने मुख्य प्रतिकका रुपमा चौतारो रहेको स्थानीयवासी बताउँछन् ।

    क्याङ्दी खोलाले वर्षेनी कटान गरिरहेको अवस्थालाई दृष्टिगत गरी आजै खोला आसपासका क्षेत्रमा विभिन्न जातका ४० भन्दा बढी विरुवा रोपिएको जानकारी दिदै उनले अरौंदी बस्तीका लागि १० थान जाली उपलब्ध गराउँदै भर्ने काम समेत गरिएको बताए ।

    क्याङ्दी खोलाले प्रदेशस्तरको क्याङ्दी मार्ग र हाइटेन्सन लाइन समेत जोखिममा रहेको उक्त अवसरमा जानकारी दिइयो । नेपाली काँग्रेस भीमाद नगरपालिका कार्यसमितिका सभापति आनन्ददेब श्रेष्ठको सभापतित्व एवम् नेपाली काँग्रेस तनहुँका

    का.बा.सभापति जीतप्रकाश आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीमाद नगर समिति सचिव राजेश खनालले गरेका थिए । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष एवम् पार्टीका क्षेत्र नं २ का सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बालकृष्ण घिमिरे, महाधवेशन प्रतिनिधि मिलन आले लगायतले विपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता, राष्ट्र र राष्ट्रियताका पक्षमा गर्नुभएको योगदान अतुलनीय भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं